Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १६
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।

योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो । श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।

Top Changing Nepal

युट्युब सट्स