‘रावायण’ को टिजर सार्बजनिक, एक्शन अवतारमा पल
काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्बजनिक गरिएको छ । संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने अर्को भूमिकामा ‘क्लिनसेभ’ मा देखिएका छन् । फिल्ममा प्रमोद अग्रहरी, प्रकाश शाह र प्रदीप ढकाल नकारात्मक भूमिकामा रहेका छन् ।
त्यस्तै फिल्ममा अभिनेत्री पूजा शर्मा पत्रकारको भूमिकामा रहेकी छन् । अभिनेत्रीद्वय प्रियंका कार्की र नीकिता चाण्डकलाई पनि टिजरमा देख्न सकिन्छ ।
त्यस्तै फिल्ममा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, रोजिता पराजुली लगायतको पनि अभिनय रहेको छ । त्यस्तै फिल्म ‘रावायण’मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत र रामजी लामिछानेको कोरियोग्राफी एवं श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म आगामी भदौ २१ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ ।
टिजर- https://www.youtube.com/watch?v=J_j6ff23a4U
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


