Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १९
रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु

रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स