Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

२५ सुन्दरीलाई पछि पार्दै आश्मा बनिन् मिस नेपाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २०
२५ सुन्दरीलाई पछि पार्दै आश्मा बनिन् मिस नेपाल

काठमाडौं । मिस नेपाल-२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको फाइनलमा आश्माले ‘मिस नेपालको उपाधि उचालेकी हुन् । २५ सुन्दरीलाई पछि पारेर विजेता बनेकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन।

मिस नेपाल अर्थ सुमना केसी भनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन्। अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्। हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार हात पारेका छन्।

समारोहमा सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स