Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २१
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स