Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, २९
रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका राजेन्द्र लिङदेनले समर्थन जनाएका छन् ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् ।‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैन,’ लिङदेनले भने ।

सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरु अहिलेसम्म सोही मागमा अडिग रहदैँ उभिएर बिरोध गरिरहेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स