अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ गरेको छ ।
जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसिस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलोग्राम र नगद १२ हजार ९ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहित दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यू र लागू औषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


