२०८१ भाद्र ८ देखि १४ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । मध्य सातामा छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । पारिवारिक सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रमाइलो यात्राको योग रहेको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा पारिवारिक जमघटमा मन रमाउनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता अरुलाई प्रभावित पारेर काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता शुभ कार्यमा सरिक भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभकार्यको चर्चा चल्नेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
(अधिक जानकारीका लागि 977-9849559502)
( ज्यो.प. नारायणप्रसाद दुलाल )
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन


