नाै दिन सम्म विना अक्सिजन समाधिमा बसेका बाबा
पोखराको रामघाटमा माटोमा पुरिएर भू-समाधीमा बसेका ‘सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज’लाई नवौँ दिनको दिन सकुशल बाहिर निकालिएको छ ।
बाबलाई उनैले समाधीमा बस्नुअघि तोकेको समय अर्थात शुक्रबार बिहान ९ बजेर ३५ मिनेट जाँदा बाहिर निकालिएको हो । उनले समाधी पूरा हुने समयसिमाको २/३ मिनेटमात्रै पनि तलमाथि भए आफूलाई जे पनि हुनसक्ने भन्दै आयोजकलाई पहिले नै सचेत गराएका थिए ।
विनाअक्सिजन एउटा बाकसमा राखेर पुरिएका बाबा ९औं दिनको दिन सकुशल निस्किएपछि पोखराबासी अचम्ममा परेका छन् । उनको दर्शन गर्न र आशिर्वाद लिन अहिले हजारौंको भीड लागेको छ ।
चिकित्सकले सामान्य चेकजाँच गरेपछि उनी होसमा आएका थिए । सहयोगीले उनी सुतेको स्थानबाट उठाए । त्यसपछि दही खुवाइयो । केहीबेरपछि पानी पिए अनि शंख फुके । अनि उनी भक्तजनहरुलाई दर्शन दिन बाहिर निस्किएका थिए ।
विना अक्सिजन ९ दिनसम्म समाधिमा बसेका बाबा जीवितै निस्किएपछि चिकित्सकहरु पनि अचम्ममा परेका छन् । चिकित्सा विज्ञानले विनाअक्सिजन ३ मिनेटभन्दा बढी बाँच्न मानिसलाई निकै कठिन हुने पुष्टि गरिसकेको छ ।
यी बाबाले हरेक वर्ष चैते दसैं तथा बडादसैंमा विशेष समाधि साधना गर्दै आएका छन् । पहिलोपटक उनी २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भू-समाधिमा बसेका थिए । भारतको विभिन्न स्थानमा लामो समय तपस्या गरेपछि उनले निर्वाण प्राप्त गरेको बताइन्छ ।
कसरी सम्भव हुनसक्छ यस्तो ?
उनी चैत २६ गते विशेष पूजाआजा गरेपछि हावा नछिर्ने गरी बनाइएको काठको बाकसमा सुतेका थिए । त्यसपछि सो बाकसलाई बन्द गरियो । त्यसमा दायाँ-बायाँ ४ वटा ताल्चा लगाइयो । बाकस भित्र सेतो कपडा र बाहिर प्लाष्टिकले राम्रोसँग बेरियो । त्यसपछि बाकसलाई बालुवा मिसिएको माटोले २ फिट जति पुरिएको थियो । त्यसपछि जमरा छरिएको थियो ।
उनी समाधीमा बसेको आश्रमको झ्याल ढोका पनि हावासमेत पस्न नसक्ने गरी बन्द गरिएको थियो । ढोकामा ताल्चा साथै सो कोठा रहेको मूल गेटमा पनि ताल्चा लगाएर साँचोलाई विशेष निगरानीमा राखिएको थियो । त्यहाँको प्रबन्ध हेर्दा कुनै शंका गर्ने ठाउँसमेत नरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
साझा पोष्ट बाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


