विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ
काठमाडौँ । बलिउड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ विअवाहिक बन्धनमा बाँधिएका छन् । तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
२०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए । सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।
अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।
अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघनासँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । त्यस्तै अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


