“जिएसी आयोनलाई वर्ल्ड इकोनोमिक फोरमबाट लाइटहाउस अवार्ड प्राप्त, इभी उत्पादनमा उद्योग ४.० को उत्कृष्टता लागि मान्यता”
काठमाडौं । अटोमोबाइल उद्योगमा विश्व नं. १ गुणस्तर प्रमाणित आयोन ब्रान्डले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड पाएकोमा गर्व गर्दछ। लाइटहाउस अवार्ड ती कम्पनीहरूलाई दिइन्छ जसले नयाँ प्रविधिहरूको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार गर्छन्। उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले आयोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको छ।
यस अवार्डले जिएसी आयोनको चौथो औद्योगिक क्रान्ति (४आईआर) प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिन्छ, जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको छ। जिएसी आयोनको कारखाना नयाँ ऊर्जा सवारी साधन (एनइभी) ५३ सेकेन्डमा असेंबल गर्न सक्षम छ, जुन अन्य धेरै नवीन उपलब्धिहरू मध्ये एक रहेको छ । वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जिएसी आयोनलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीको रूपमा पुष्टि गरेको छ र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


