Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अब यस्तो राष्ट्रिय परिचय पत्र बन्ने भयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, १६
अब यस्तो राष्ट्रिय परिचय पत्र बन्ने भयो

अनियमितता भएको भनि छानविन गरेको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले क्लिन चिट सहित राष्ट्रिय परिचय पत्र वितरण प्रक्रिया अघि बढाउन सरकारलाई स्वीकृति दिएको छ ।

परिचयपत्र व्यवस्थापनबारे अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएपछि लेखा समितिले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतसँग छलफल गरेर त्यस्तो स्विकृति दिएको हो ।

उपसमितिको अध्ययन प्रतिवेदनले राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले अहिलेसम्म गरेको काममा अनियमिता भएको नदेखिएको उल्लेख गरेको छ । उपसमितिले आफ्नो प्रतिवेदनमा तत्काल प्रक्रिया अघि नबढाउँदा अनुदान रकम फिर्ता जाने खतरा रहेकोले बोलपत्र आहृवानको म्याद थपका लागि पहल गर्न गृह मन्त्रालय र राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रलाई सुझाव दिएको छ ।
नागरिकता जस्तै व्यक्तिगत परिचय खुल्ने राष्ट्रिय परिचय पत्र बनाउने क्रममा भ्रष्टाचार भएको र गोपनियता भंग हुने जस्ता उजुरी परेपछि लेखा समितिले बिहीबार प्रधानमन्त्री ओली, गृहमन्त्री बस्नेत, राष्ट्रिय परिचयपत्र केन्द्रका महानिर्देशक, सुरक्षा निकायका प्रमुखलगायतसँग सोधपुछ गरेको थियो ।

राष्ट्रिय परिचय पत्र निर्माणका लागि एसियाली बिकास बैंकले नेपाल सरकारलाई ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । परिचय पत्र विदेशी कम्पनिलाई छाप्न दिने भएपछि गोपनियता र सुरक्षा संवेदनशीलताबारे चासो बढेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले अनियमितताको आशंका हुनु स्वाभाविक भएको भन्दै भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

के हो राष्ट्रिय परिचय पत्र

नागरिकको जैविक पहिचान भनेको फोटो र औंलाको छाप हो भने वैयक्तिक पहिचान अन्तर्गत नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरु पर्छन् । यस्ता विषय राख्नका लागि राष्ट्रिय परिचयपत्रको पृष्ठ भागमा तथ्याँक सुरक्षित राख्ने विद्युतीय साधन अर्थात चिप्स राखिन्छ । चिप्समा ठूलो परिमाणमा तथ्याङ्क संग्रह गर्न सकिन्छ ।

संग्रह सरकारले स्थापना गरेको मोबाइलमा प्रयोग हुने मेमोरी कार्ड जस्तै देखिने चिप्सको क्षमता ६० केबी हुने केन्द्रले जनाएको छ । जसरी मेमोरी कार्डमा सामाग्री भण्डार गरिन्छ त्यसैगरी चिप्समा आवश्यक पर्ने विवरण राख्ने गरिन्छ ।

यसरी राखिएका सामाग्रीको केन्द्रको भण्डारण क्षमतामा अध्यावधिक सहित सबै विवरण राखिन्छ । त्यसरी राखिएको व्यक्तिको विवरण विभिन्न प्रशासनिक ठाउँमा रहेको मेसिनको सहायताले मात्र हेर्न सकिन्छ ।

कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिनका लागि विभिन्न निकायले कानुनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्नेगरी गोपनियता सुनिश्चित गरिएको केन्द्रले जनाएको छ ।

मेसिनमा हाल्दासाथ राष्ट्रिय परिचयपत्रले हरेक वर्ष जनसंख्याको अध्यावधिक, विदेशमा रहने नेपालीको तथ्याङ्क, सामाजिक भत्ता वितरणको प्रभावकारीता, शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, व्यक्तिका संकलित सूचनाहरुको प्रशोधन, भण्डारण र प्रयोग गरि स्रोत तथा साधनको बचतका लागि पनि यो निकै महत्वपूर्ण हुने दावि गरिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स