सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
जानकारी केन्द्र
२०८१, कार्तिक, २६
काठमाडौँ । सञ्जीव खन्ना भारतका ५१औँ प्रधानन्यायाधीश बनेका छन् । न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औँ प्रधानन्यायाधीशको सपथ लिएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीशलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।
न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा नै भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले १९८३ मा आफ्नो करियर सुरु गरेका थिए । सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


