लुयानको विन्टर राइड अफर,के के छन् सुविधा?
काठमाडौँ । लुयान इलेक्ट्रिक स्कुटरको विन्टर राइड अफर सँचालन भएको छ । लुयान विन्टर राइड अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने भएको छ । यो अफर २०८१, कार्तिक २५ गते देखि मँसिर मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले चालु आर्थिक बर्षको कर र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराउने जनाएको छ ।
यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्ज गर्न सकिने जनाएको छ । कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २०% डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।
लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ । आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ ।
लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुको बिक्रि वितरण भइरहेको बताइएको छ ।
कम्पनीले काठमाण्डौं उपत्यका भित्र मात्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

