Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, २८
कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको बुटवलबाट गएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट लिएको २० हजार र श्रोत नखुलेको ९६ हजार ८ सयसहित जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित गौढी चोकबाट मंगलबार पक्राउ गरेको जानकारी दिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स