श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ। एनपीपीले २२५ सदस्यीय तल्लो सदनमा १५९ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ।
अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा १५९ सिट जितेको श्रीलंकन मिडिया डेली मिररले उल्लेख गरेको छ। २२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ।
त्यस्तै, विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ४० सिट जितेको छ भने पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल पाँच सिट जितेको बताइएको छ।
राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी)ले ३ सिट जितेको छ। सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरू बताएका छन्।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


