‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
काठमाडौँ । नयाँ बन्ने फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार जोडिने क्रम जारी रहेको छ । यसैबीच फिल्ममा मुख्य भिलेनको भूमिकामा मुरलीधरलाई अनुबन्ध गरिएको छ । दशैंमा रिलिज भएको फिल्म ‘१२ गाउँ’ का कारण अहिले चर्चामा रहेका मुरलिधरसँग फिल्मका निर्माता सरोज वलीले लिखित सम्झौता गरेका हुन् ।
मुरलीधरले २०७२ मा आएको ‘भैरव’पछि करिब ८ वर्ष कुनै फिल्ममा काम गरेका थिएनन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’ बाट कमब्याक गरेका उनले ‘१२ गाउँ’ मा काम मुख्य भिलेनको रुपमा काम गरेका थिए ।
दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश र मुरलीधरसँगै प्रकाश सपूत, स्वस्तिमा खड्का र प्रियंका कार्की पनि जोडिइसकेका छन् । यस फिल्ममा पटकथा तथा संवाद लेखन हरिवंश आचार्य स्वयंको छ । यो फिल्म माघ दोस्रो साताबाट छायांकन जाने निर्माताले बताएका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


