Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

दुर्गा प्रसाईं पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ४
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लागानी गरेको प्रमाण भन्दै कागज पत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ।

प्रसाईंले मंगलबार बिहान आफूले कम्बोडीयामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि आफूलाई फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको बताएका थिए।

झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं नागरिक बचाउ महाअभियानका संयोजक हुन्। विवादास्पद छविका प्रसाईंले यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन्।

बैंकको ऋण मिनाहा भन्दै उनले जनतालाई उक्साउन आन्दोलन गर्दै आएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स