महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले एकल अंकको ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले एकल अंकको ८.९९ प्रतिशतमा नै हरित घर कर्जा प्रदान गर्ने भएको हो । न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । बैकका अनुसार दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम यस्तो कर्जा प्रदान गर्न लागेको छ ।
जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिने बैंकले जानकारी गराएको छ ।
यसैगरी बैकले यस्तो कर्जालाई वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर–गरिएका घर खरिद, घर निर्माण, अर्पाटमेन्ट खरिद, घर थप–पुर्ननिर्माण–मर्मत सम्भार गर्न कर्जा प्रदान गरिने बैंकले जनाएको छ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


