नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । आज (मंसिर ९ गते ) सम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिनु पाउने र लाभांसको हकदार हुने बैंकले जनाएको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्ने लगायतका एजेन्डा राखेर यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


