Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ९
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका ११ मा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । मोटरसाइकलले स्थानीय शिव थापालाई शनिबार साँझ सबा ६ बजेतिर ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बागमतीबाट हरिवनतर्फ जाँदै गरेको बा प्र ०२-०४५ प ३०४८ नम्बरको मोटरसाइकलले स्थानीय शिव थापालाई शनिबार साँझ सबा ६ बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई नमूना अस्पताल हरिवनमा पुर्‍याइयो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक ३० वर्षीय आयुष सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स