आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जनाएको छ । आइतबार पनि सोही मूल्यमा यसको खरिदबिक्र भएको थियो । सोमबार युरोपियन युरो को भाउ ०६ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४६ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको छ । आइतबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ५२ पैसा बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको थियो ।
सोमबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसाले बढेको हो । यसअघि आइतबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम थियो ।त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।
यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


