Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पल शाहको ‘मायावी’ फागुन १४ मा रिलिज हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १०
पल शाहको ‘मायावी’ फागुन १४ मा रिलिज हुने

काठमाडौं । चलचित्र  ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर ‘मायावी’ फागुन १४ गते रिलिज गरिन लागिएको हो ।

आइतवार राती पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले मायबीको रिलिज डेट घोषणा गरेको हो । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको थियो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईंलाइ देखाइएको छ । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर देख्न सकिन्छ ।

पोस्टरमा पलको आँखामा आँशु देखिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन छ । उनीहरूको मुहारले सिनेमामा पल र दीपिका प्रेमी–प्रेमिकाको भूमिकामा रहेको र बिछोडको अवस्थामा पुगेको संकेत गरेको देखिन्छ ।

‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स