अमेरिकाले फिर्ता गर्यो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी
न्युयोर्क । अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ । जसअनुसार सो पहलको एक भागको रूपमा १० मिलियन डलर मूल्यको १४०० भन्दा बढी लुटिएका कलाकृतिहरू भारतलाई फिर्ता गरेको छ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार गत बुधवार भारत लगायत दक्षिण एसियावाट चोरेर अमेरिका लगिएका ती कलाकृति फिर्ता गर्न निर्देशन दिइएको हो ।
कार्यालयका अनुसार यसरी बरामद गरिएका तस्करी सामानहरूमा हालसम्म न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हेरिएका वस्तुहरू समावेश छन्। ती मध्ये एक आकाशीय नर्तकको बलौटे ढुङ्गाको मूर्ति हो, जुन मध्य भारतबाट लन्डनमा तस्करी गरिएको थियो ।
‘यसरी भारत फिर्ता हुने क्रम जारी रहनेछ, यो लुट्ने नेटवर्क धेरै चलिरहेको अनुसन्धानमा देखिएको छ, जसमा दोषी ठहरिएका कला तस्करहरू नैन्सी वाइनर र सुभाष कपूर रहेका छन्’ बिज्ञप्तिमा भनिएको छ । सो कार्यका लागि एक अमेरिकी पुरातात्विक वस्तु व्यापारी पनि संलग्न रहेका छन ।
जसलाई न्यूयोर्कमा करोडौं डलर मुल्य बराबरको पुरतात्विक सामाग्री लुट्ने नेटवर्क चलाएको भन्दै १० वर्षको जेल सजाय सुनाइएको म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


