Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष योगदानका लागि ज्योति विकास बैंक सम्मानित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १०
संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष योगदानका लागि ज्योति विकास बैंक सम्मानित

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै, नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मानित गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाललाई बैंकले पुर्‍याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विगत ४ वर्ष देखि निरन्तर चलिरहेको “न्यानो नानी” परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी – बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ । देशका थुप्रै ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा बच्चाहरूलाई न्यानो राख्न परम्परागत शैलीमा कोइला र काठ जलाउने जस्ता उपायहरू अपनाइन्छन्, जसले बालबालिकाको स्वास्थ्यलाई थप हानी पुर्‍याउने जोखिम बढाउँछ । नेपालको स्वास्थ्य परिवेश, विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण स्वास्थ्य संस्थाहरुमा प्रदान गर्ने यस परियोजनालाई बैंकले भविष्यमा समेत निरन्तरता प्रदान गर्नेछ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहल मार्फत प्रदान गरिएका ५१ वटा बेबी वार्मर उपकरणहरुले हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । एउटा बेबी वार्मरले हरेक वर्ष ३७ वटा नवजात शिशुको जीवन रक्षा गर्नमा मद्दत गर्छ । यस्ता जीवन रक्षण गर्ने अति संवेदनशील क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक नविनतम परिवर्तनको बीजारोपण गरेको छ ।

नवजात शिशु मृत्युदरका विभिन्न कारणहरु मध्ये अल्पताप ९हाइपोथर्मिया० एक प्रमुख कारण हो । विशेष गरी ग्रामीण तथा पहुंच नपुगेका क्षेत्रमा अल्पतापको विद्यमानता उच्च रहेको छ । “न्यानो नानी” बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न, विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई हाइपोथर्मियाबाट हुनबाट जोगाउन उपयोग हुने अत्यधिक प्रभावकारी चिकित्सा उपकरण हो । यसै सन्दर्भमा, डा। महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै “न्यानो नानी” बेबी वार्मर उत्पादन गर्दै आएको छ । यो उपकरण विदेशबाट आयात गरिएका बेबी वार्मरको तुलनामा ५०५ कम लागतमा निर्माण भइरहेको छ । बैंकले यस परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा जीवनरक्षक उपकरण प्रदान गर्नुका साथै नेपालमै रहेका युवाहरूको सीपलाई उजागर गर्न र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण प्रयास गरेको छ ।

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत कोशी प्रदेशका १३, मधेश प्रदेशका ६, बागमती प्रदेशका १०, गण्डकी प्रदेशका ६, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ७, र सुदूरपश्चिम प्रदेशका २ वटा विभिन्न सरकारी र सामुदायिक अस्पताल तथा बर्थिङ सेन्टरहरुमा “न्यानो नानी” बेबी वार्मर मेसिन जडान गरेको छ । साथै, यी विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम प्रदान गर्न, उपकरण जडान तथा त्यसको उच्चतम सदुपयोग सुनिश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स