आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ बर्ष पछि पक्राउ
रौतहट। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुर्गाभगवती ४ छतौना बस्ने दोस महम्दको छोरा बर्ष ४८ को महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि निज माथि आज कर्तव्य ज्यान कसूर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता रायले बताएका छन्।
दुर्गाभगवती ४ बस्ने लम्बु भन्ने समरुदिन मियाँ कवारीको श्रीमती बर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा बर्ष २ को रेहानको २०७७ बैशाख ११ गते राती ८ बजे हत्या गरि अपराधी जनिफले मसुरोको भुसमा बलि रहेको आगोमा लाश फाली फरार भएका थिए।
उक्त स्थानबाट ३०० मिटरको दुरीमा छोरा रेहानको टाँउको कंकाल फेला परेको र घटनामा संल्गनलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात फरार रहेका उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


