Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बान्डा भइन ‘महिला फुटबलर अफ द इयर’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १२
बान्डा भइन ‘महिला फुटबलर अफ द इयर’

लन्डन । जाम्बियाकी ओर्लान्डो प्राइड फरवार्ड बार्ब्रा बान्डा बीबीसी महिला फुटबलर अफ द इयर भोटमा परेकी छन् । उनले बीबीसी स्पोर्ट वेबसाइटका पाठकहरूबाट गत महिना पाँच खेलाडीको छनोटको घोषणा गरेपछि सबैभन्दा धेरै भोटहरू प्राप्त गरेकी हुन्।

सेप्टेम्बर २०२३ देखि अगस्ट २०२४ सम्मको प्रदर्शनमा आधारित छनोट कोच, खेलाडी, प्रशासक र गैर बिबिस पत्रकारहरू सहित विश्वभर फुटबलमा संलग्न विशेषज्ञहरूको ठूलो प्यानलद्वारा छनोट प्रकिया गरिएको थियो।

‘यो अवार्ड मेरो साथमा पाउँदा म स्तब्ध र आश्चर्यचकित छु,’ २४ वर्षीयाले बीबीसी स्पोर्टलाई भनिन्। ‘म मतदान गर्ने मानिसहरू र मेरो जीवन र मेरो करियरमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु’ उनले अगाडी भनिन, ‘ण्मेरो परिवार, जाम्बियाको मेरो राष्ट्रिय टोली र विशेष गरी प्राइड टोलीका लागि लागि हो ।’

naima expoTop Changing Nepal

युट्युब सट्स