अत्याधुनिक लञ्च कार्यक्रम संगै एक्सपेंग मोटर्स अब पोखरामा
काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा भव्य रुपमा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रा.लि.लाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।
अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्स्पेङ ब्रान्डको परिचय गराएका थिए । साथै,सीजी मोटर्सका सीईओरनिर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका थिए। उद्घाटनका क्रममा,अटोवेज प्रा.लि. ले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ।
यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण इ-एनक्याप मा ५-स्टार रेटिङ प्राप्त गरेको छ। यसले स्वचालित ड्राइभिङ प्रविधि, एसइपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू,यक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। जी६ को मोटर पावर १९० किलोबाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोबाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ। यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी,र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्रार्थमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ। पोखराका ग्राहकहरूले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्ने बताइएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


