रिलिज अघि पुष्पाः २ ले फ्यानलाई दियो धोका, तत्काल थ्रीडीमा रिलिज नहुने
मुम्बई । अग्रिम बुकिङमा पुष्पा २ ले निरन्तर राम्रो प्रतिक्रिया पाइरहेको छ । अल्लु अर्जुनको पुष्पा २ ले बाहुबली, केजीएफ, कल्की २८९८ एडी, पठान, जवान र आरआरआर जस्ता धेरै फिल्मलाई अग्रिम बुकिङको सबालमा पछाडि छोडेको छ। पुष्पा २ सन् २०२४ को सबैभन्दा ठूलो ओपनिङतर्फ अघि बढिरहेको छ ।
यसैबीच अल्लु अर्जुनको फिल्म थ्रीडीमा पर्खिरहेका फ्यानहरूका लागि नराम्रो खबर आएको छ । पुष्प २ थ्रीडी संस्करणमा हलमा रिलिज हुने छैन । थ्रीडी संस्करणका लागि दर्शकले करिब एक साता कुर्नु पर्ने भएको छ ।
अङ्ग्रेजी वेबसाइट बलिउड हंगामाको समाचार अनुसार पुष्पा २ को थ्रीडी संस्करण अझै तयार भएको छैन । त्यसैले फिल्मका निर्माताले यो साता फिल्मलाई थ्रीडीमा रिलिज नगर्ने निर्णय गरेका छन् । फलस्वरूप, डिसेम्बर ५ मा फिल्म देश र विश्वका विभिन्न भाषाहरूमा टु डी संस्करणमा मात्र देखाइने छ।
निर्माताहरूले अब आगामी शुक्रबार अर्थात् डिसेम्बर १३ मा मात्र थ्रीडी संस्करण रिलिज गर्ने निर्णय गरेका छन् । त्यतिन्जेल थ्रीडी प्रिन्टहरू तयार हुनेछन्। यद्यपी यसबारेमा पुष्प–२ का निर्माण पक्षबाट अहिलेसम्म कुनै आधिकारिक धारणा आएको छैन ।
रिपोर्टलाई विश्वास गर्ने हो भने पुष्पा २ को बजेट करिब ५ सय करोड छ । यो फिल्मको सिक्वेल सन् २०२१ मा आएको थियो र यो १५० करोडको बजेटमा बनेको थियो । फिल्मले विश्वभर ३५० करोड कलेक्सन गरेको थियो ।
पुष्पा २ लाई सुकुमारले निर्देशन गरेका हुन् । अल्लु अर्जुन र रश्मिकासँगै फहद फासिल महत्वपूर्ण भूमिकामा देखिने छन् । पहिलो फिल्म ‘पुष्पाः द राइज’ ले अल्लु अर्जुनले निर्वाह गरेको पुष्पाको निडर र उग्र चरित्रको परिचय दर्शकलाई गराएको थियो । अब पुष्प २ः द रुलको कथाले नयाँ उचाइमा पुग्नेछ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


