बिबाह पञ्चमी ब्यवस्थित गर्न २५ सय स्वयंसेबक र सयौं सुरक्षाकर्मी परिचालन
जनकपुर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा जनकपुरधाममा मनाइने विवाह पंचमी महोत्सवको व्यापापक तयारी गरिएको छ ।
भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरु समेत जनकपुरधाम आई पुगेपछि मेला भर्न श्रद्धालुहरु समेत जनकपुरधाम आउने सुरू गरेका छन्।
जनकपुरधाममा साताव्यापी विबाह पञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाह पञ्चमीलाई लिएर यस पटक तिनवटै तहका सरकारले क्रियाशिलता देखाएका छन् ।
श्रद्धालुहरु आउने थालेपछि जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्ला प्रहरी धनुषाले जनकपुरधामा भिडभाड हुने स्थानहरुमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेशका अन्य जिल्लाबाट समेत प्रहरीहरु ल्याएर नगरभरि परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भवनेश्वर तिवारीले नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको विवाह पञ्चमी महोत्सवको दिनमा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सुरक्षा व्यवस्था परिचालिन गरिने जानकारी दिए । उनले २५ सयको संख्यामा विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मीहरु परिचालन गरिने छ ।
मेलामा भिडभाड हुने स्थानहरुमा प्रहरीले सुरक्षा गस्ती गर्ने र नगर क्षेत्रको विभिन्न चौक चौकहरुमा सुरक्षाकर्मी श्रद्धालुहरुको सुरक्षाको लागि बस्ने भएका छन । विशेष गरेर विवाह पञ्चमी र एक अगाडी दिने जनकपुरधाममा श्रद्धालुहरुको अत्याधिक भिड हुने गरेको छ ।
भाेली बिबाक पञ्चमीकाे भब्य समाराेह हुदैँछ । 
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


