Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कोरियाली सेना प्रमुखले दिए राजीनामा, स्विकृत हुन बाँकी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २०
कोरियाली सेना प्रमुखले दिए राजीनामा, स्विकृत हुन बाँकी

सियोल । दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् ।

समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत भए नभएको केही खुलाइएको छैन् ।

पार्क मार्शल ल कमाण्डर थिए, तर उनले मंगलबार राति राष्ट्रपति युनको घोषणासँग धेरै कम समयमा संसद सेनालाइ पठाएका थिए । हेलिकोप्टरवाट संसद भवनमा कोरियाली सेना उत्रिरहेको तथा झ्याल फुटाएर सेनाहरू प्रवेश गरेको दृश्य अचम्म लाग्दो थियो ।

संसद बैठक हुन नदिनका लागि सांसदहरू माथी कोरियाली सेनाले धरपकड गरेकोमा चौतर्फी बिरोध भएको थियो ।

‘हामी सैन्य विज्ञ हौं, हामी मार्शल लका विशेषज्ञ होइनौं,’  भन्दै आदेशको मस्यौदामा आफू संलग्न नभएको बताएका थिए । तर, राष्ट्रपतिले दिएको आदेश कार्यान्वयन मात्रै गरेको उनको तर्क थियो ।

यसअघि राष्ट्रपति युनले रक्षामन्त्री किम योङ ह्युनको राजीनामा स्वीकृत गरेका छन, जसले उनलाई मार्शल लको प्रस्ताव गरेको भनिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स