नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो(विज्ञापनसहित)
काठमाडौँ । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।
भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।
कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्दछ । जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूचना –

सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


