Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २२
कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।

कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

विराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स