जनकपुर बोल्ट्सकाे १ रनको रोमाञ्चक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको जनकपुरले प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखराविरुद्ध सात विकेटको जित निकालेको थियो ।
यता चारै खेलमा हार ब्यहोरेको लुम्बिनीको प्ले अफ सम्भावना लगभग सकिएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।
जनकपुरका लागि हर्ष थाकरले चार ओभरमा २३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी किशोर महतो, ललितनाराण राजवंशी र शेर मल्लको नाममा सामान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पर्यो ।जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, शुभ कंसाकारले अविजित २२ र आसिफ शेखले १६ रन बनाए ।लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा सन्दीप जोराले एक विकेट लिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


