एनपीएल : १५ खेल सकिँदा सर्वाधिक रन जोड्नेमा जितविहीन लुम्बिनीका रोहित शीर्ष स्थानमा, ७ टिमका १४ खेलाडीले हिर्काए अर्धशतक
काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म १५ वटा खेल सकिएका छन् । मंसिर १५ गतेबाट सुरु भएको एनपीएलमा हालसम्म ६ वटा टिमले समान ४ खेल खेलिसकेका छन् भने पोखरा र काठमाडौं गुर्खाजले समान ३ खेल खेलेका छन्।
झण्डै आधा खेल सकिँदा हालसम्म अपराजित रहेको जनकपुर बोल्ट्स शीर्ष स्थानमा छ, भने लुम्बिनी लायन्स पुच्छरमा छ । ४ खेल खेलेको जनकपुर शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहँदा लुम्बिनीले अंक जोड्न सकेको छैन ।
चार खेलमध्ये समान तीन जित र एक हार भोगेका सुदूरपश्चिम रोयल्स र चितवन राइनोज समान तीन जित र एक हारसहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहँदा ४ मध्ये २ खेल जितेको कर्णाली याक्स चौथो स्थानमा छ । जारी एनपीएलमा हालसम्म ७ टिमका १४ जना ब्याटरले अर्धशतक हिर्काउँदा १ जनाले शतक प्रहार गरेका छन् ।
कर्णाली याक्स र चितवन राइनोजका ब्याटर समान तीन अर्धशतक बनाएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सका दुई–दुई ब्याटरले अर्धशतक बनाएका छन् । पोखरा र विराटनगरका एक-एक जना ब्याटरले अर्धशतक हिर्काउँदा काठमाडौं गुर्खाजका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । काठमाडौंबाट सुमित महर्जनले हिर्काएको ४० रननै सर्वाधिक स्कोर हो ।
हालसम्म पोखरा एभेन्जर्सबाट लुम्बिनी लायन्सविरुद्ध आन्द्रिय गौसले शतक हिर्काएका छन् । उनी एनपीएलमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । ५२ बलमा गौशतले शतक पूरा गरेका हुन् ।
एक जनाले मात्र शतक हिर्काउँदा हालसम्म १४ जनाले अर्धशतक प्रहार गरेका छन् । हालसम्म मार्टिन गप्टिल, लहिरु मिलान्था, अनिल साह, दीपेन्द्रसिंह ऐरी, रवि बोपारा, शिखर धवन, ब्रान्डन म्याकमुलम, रवि बोपारा, रोहितकुमार पौडेल, दिनेश खरेल, सैब जैब, विवेक यादव, विलियम बोसिस्टो, देव खनाल र हसन एसाखिलले अर्धशतक हिर्काएका छन् । जसमा रवि बोपाराले दुई अर्धशतक हिर्काएका छन् ।
एनपीएलको १५ खेल सकिँदा जितविहीन रहेको लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन् । एक खेलमा ९५ रनको धुँवादार ब्याटिङ गरेका रोहितले हालसम्म १८१ रन जोडेका छन् । यो सूचीको दोस्रो स्थानमा १६८ रन जोडेका जनकपुर बोल्ट्सका लहिरु मिलान्था दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका रवि बोपाराले १५७ रन जोडेका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


