नेपालमा इकुटर इ ३ विद्युतीय स्कुटरको भव्य अनावरण
काठमाडौं । जीरो इमिसन राइड एनले नेपालमा इकुटर E3 विद्युतीय स्कुटरको भव्य अनावरण गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा स्कुटरलाई सार्वजनिक गरिएको हो। कार्यक्रममा जीरो इमिसन राइड एनका प्रमुख, सेल्स एण्ड मार्केटिङ, शंकर शर्मा ले भने, “इकुटर E3 केवल स्कुटर होइन, यो दिगो भविष्यको प्रतीक हो। यसको उत्कृष्ट प्रविधि, सुरक्षा, र वातावरणमैत्री विशेषताले नेपाली सडकमा नयाँ युगको सुरुवात गर्नेछ।”
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा जीरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी ले व्यवसायको सुदृढ व्यवस्थापन र ग्राहक सन्तुष्टिको लागि आफूहरू विशेष प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “वाहन बिक्री मात्र होइन, बिक्री पछिको सेवामा पनि हाम्रो ध्यान केन्द्रित छ। हाम्रो उद्देश्य भनेको सशक्त सेवा नेटवर्क निर्माण गरेर ग्राहकहरूलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो।”

इकुटर E3 का विशेषताहरू
इकुटर E3 मा ७२V38AH ग्राफिन जेल ब्याट्री रहेको छ, जसले एकपटक चार्जमा १००-१२० किलोमिटर दूरी कभर गर्न सक्छ। यो स्कुटरले ३००० वाट पिक पावर उत्पादन गर्न सक्छ र १२ डिग्रीसम्मको उकालो सजिलै चढ्न सक्षम छ।
स्मार्ट सुविधाहरूमा रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, क्रूज कन्ट्रोल, एलसीडी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, र किलेस इन्ट्री जस्ता प्रविधिहरू समावेश छन्। साथै, अगाडि र पछाडिका डिस्क ब्रेक, एण्टि-थिफ्ट अलार्म, र ह्वील लकले सुरक्षा अझ सुदृढ बनाएको छ।
प्रारम्भिक मूल्य
स्कुटरको प्रारम्भिक मूल्य रु. २,२५,००० तोकिएको छ, जसले यो गुणस्तरीय स्कुटरलाई अझ किफायती बनाएको छ।

ग्राहक सेवामा प्रतिबद्धता
कार्यक्रममा जीरो इमिसन राइड एनले नेपालभर आफ्नो डिलर र सेवा नेटवर्क लाई थप विस्तार गर्दै बिक्रीपछिको सेवामा बलियो उपस्थितिका लागि प्रतिबद्ध रहेको घोषणा गर्यो। “ग्राहक सन्तुष्टि हाम्रो प्राथमिकता हो, र यसका लागि उत्कृष्ट सेवा व्यवस्थापन हाम्रो मूलमन्त्र हो,” नगरकोटीले थप जानकारी दिएका छन् ।
हरित भविष्यतर्फको कदम
इकुटर E3 पूर्णतया विद्युतीय भएकाले यो स्कुटरले वायुप्रदूषण घटाउन र दिगो यातायातको लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

इकुटर E3 अब नेपालभर उपलब्ध छ। यो विद्युतीय स्कुटरले नेपाली बजारमा हरित यातायातलाई प्रवर्द्धन गर्दै गुणस्तरीय र वातावरणमैत्री परिवहनको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


