बहुप्रतिक्षित ‘रामायणः१’ काे सुटिङ सकियो, २०२६ काे दिवालीमा प्रदर्शनमा आउने
मुम्बइ । अभिनेता रणबीर कपुरले नितेश तिवारीको फिल्म रामायणमा काम गरिरहेको पुष्टि गरेका छन् । उनले पहिलो भागको छायांकन सकेर छिट्टै दोस्रो भागको छायांकन सुरु गर्नेसमेत जानकारी दिएका छन ।
रेड सी फिल्म फेस्टिभलमा रणवीरले भने, ‘म अहिले फिल्म रामायणमा काम गरिरहेको छु, जुन सबैभन्दा ठूलो कथा हो । मेरो बाल्यकालको साथी नमित मल्होत्रा, जसले धेरै समर्पणका साथ यो फिल्म बनाइरहेको छ। उनले उत्कृष्ट कलाकार र क्रु पाएको छ । यसलाई नितेश तिवारीले निर्देशन गरिरहेका छन् ।’
रणवीरले थप भने, ‘त्यस कथाको हिस्सा बन्नको लागि म रामजीको भूमिका निभाउन पाउँदा निकै विनम्र छु । यो मेरो लागि सपना हो। यो एक फिल्म हो जसमा सबै कुरा छ। यसले भारतीय संस्कृति के हो भन्ने सिकाउँछ।’
केही समय अघि निर्माता नमित मल्होत्राले एक पोस्ट शेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका थिए । उनले यो पनि लेखेका छन्– ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको थिएँ । जसले ५०० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ। म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु। हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति, हाम्रो रामायण, संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने, हाम्रो सबैभन्दा ठूलो महाकाव्यलाई गर्व र सम्मानका साथ जीवनमा ल्याउने हाम्रो सपना पूरा गर्न हामीसँग सामेल हुनुहोस्।’
उनका अनुसार साे फिल्म २०२६ काे दिवालीमा रिलिज हुनेछ भने दाेस्राे भाग २०२७ काे दिवालीमा रिलिज हुनेछ । उता दक्षिण भारतीय कलाकार यश आफैंले फिल्ममा रावणको भूमिका निर्वाह गरिरहेको बताइसकेका छन । केही समयअघि यशले हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा आफू फिल्म रामायणमा रावणको भूमिका निभाउने कुरा पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘एक अभिनेताको हैसियतले रावणको भूमिका खेल्न पाउनु मेरो लागि निकै रोमाञ्चक छ । मलाई उनको चरित्रको सूक्ष्मता धेरै मन पर्छ।’
रामायणको बारेमा कुरा गर्दै यशले अगाडि भनेका थिए, ‘यति ठूलो बजेटको फिल्म बनाउन त्यस्ता कलाकारलाई ल्याउनुपर्छ । म फिल्मका निर्मातासँग सुरु देखि नै जोडिएँ । जब म फिल्मबाट ब्रेकमा थिएँ, हामी यस विषयमा छलफल गरिरहेका थियौं। यस फिल्मका लागि पहिले रणवीर, त्यसपछि म र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको थियो ।’

सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


