कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारिहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


