अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
काठमाडौं । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन्। प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ। केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ। भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन्।
केशवराज र शिल्पाको अभिनयलाई दर्शकले रुचाएको गायक रेग्मीले बताए। भिडियोमा त्रिकोणत्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ। जहाँ आँफुलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाड्य प्रेमी रोजेको कथालाई देखाइएको छ। केशवराजकै कोरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ।
कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन्। गीत ‘ रमण रेग्मी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। गायक रेग्मीले यसअघि घर त लगन खेलको रिमेक भर्सन, मुखै चिलाउनी , खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ,लगायत गीत ल्याइसकेका छन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


