Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने, नेपाली बजारमा सेवा जारी राख्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २७
डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने, नेपाली बजारमा सेवा जारी राख्ने

काठमाडौं । चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने भएको छ । चिनियाँ मिडियाबाट कम्पनीको उत्पादन बन्द भयो भन्ने समाचार प्रति खण्डन गर्दै आफ्नो उत्पादन निरन्तर कायम रहेको जानकारी दिँदै विज्ञप्ति निकालेका हो ।

कम्पनी प्रति लागेको नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको उक्त वज्ञप्ति उल्लेख छ । डेयुन समूहले चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो ।जसको हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरूको उत्पादन गर्दै आएको छ । चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनः सञ्चालनसँगै कम्पनीले जनवरी २०२५ मा आफ्नो उत्पादन पुनः सुरु गर्ने योजना बनाएको हो ।

कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजना कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Declaration Letter 2024.11.26

naima expoTop Changing Nepal

युट्युब सट्स