अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, मंसिर, २८
काठमाडौँ । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको डिन्डिगुलस्थित एक अस्पतालमा राति १० बजेतिर भएको आगलागीमा एक बालिकासहित कम्तीमा ६ जनाको ज्यान गएको हो । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, सर्ट सर्किट भएको आशंका गरिएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए । आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भएको र द्रुत गतिमा अन्य तलाहरूमा फैलिएको थियो ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य जस्तै भएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


