Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २९
आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा

काठमाडौं । गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् । आइतबारदेखि हराएकोमा उनका बुबाले बानेश्वर वृत्तमा खोजतलासका लागि निवेदन दिएका थिए ।

बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटे पछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए । गार्डले प्रहरीलाई जानकारी गराएको हो ।

घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । गौशाला वृत्तबाट घटनाको अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स