दोहोरो अंकले घट्यो नेप्से परिसूचक, चार अर्ब ५१ करोडको कारोबार
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १९ कम्पनीका ९१ लाख ८० हजार सात सय १८ कित्ता शेयर ५७ हजार आठ सय ६३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको रू २२ करोड तीन लाख १२ हजार आठ सय ३४ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


