Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

टोटनह्यामको पोष्टमा लिभरपुलको ६ गोल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ८
टोटनह्यामको पोष्टमा लिभरपुलको ६ गोल

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ। आइतबार राति सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामको पोष्टमा ६ गोल गरेको छ। सो खेल लिभरपुलले ६-३ गोल अन्तरले जितेको थियो।

लिभरपुलका लागि मोहमद सालाह र लुइस डियाजले २-२ गोल गरेका थिए भने एलेक्सिस म्याक एलेस्टर र डोमिनिक जोबोस्लाईले १-१ गोल गरेका थिए। त्यसैगरी, टोटनह्यामका लागि जेम्स म्याडिसन, डेजान कुलुसेभ्सकी र डोमिनिक सोलांकले गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको १६ खेलमा ३९ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो आठौं हार हो। यो हारपछि टोटनह्यामको १७ खेलमा २३ अंक रहेको छ र लिगमा ११औं स्थानमा झरेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स