अल्लु अर्जुनको घरमा तोडफोड
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ । यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ । उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा उनको घरमा ढुंगा हानेको देख्न सकिन्छ । आइतवार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हंगामा मच्चाए र टमाटर फ्याँकेका थिए । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ ।
घटनाको समयमा अल्लु अर्जुन घरमा थिएनन् । अल्लु अर्जुनको घरमा जबरजस्ती प्रवेश गर्न खोज्दै भागदौडमा निधन भएका रेवतीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए भने भागदौडमा घाईते भएका र हैदरावादको एक निजी अस्पतालमा उपचार गराइरहेका ९ वर्षीया बालिका सृतेजलाई न्याय दिन पनि माग गरेका थिए ।
अल्लु अर्जुनले आइतबार एक विज्ञप्ति जारी गरेपछि घटना भएको जानकारी दिदै आफ्ना फ्यानहरूलाई कुनै पनि अपमानजनक भाषा वा व्यवहारबाट बच्न अनलाइन र अफलाइनमा संध्या थिएटर स्टम्पेड केसमा आफूमाथि लगाइएका नयाँ आरोपहरूको पोष्टमा नजोडिन आग्रह गरेका थिए ।
उनले पोस्टमा लेखेका छन्, ‘म मेरा सबै फ्यानहरूलाई सधैं झैं जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न र अनलाइन र अफलाइनमा कुनै पनि प्रकारको अपमानजनक भाषा वा व्यवहारको सहारा नगर्न अपील गर्दछु । आफुलाई मेरो फ्यान भनी गलत परिचय दिएर फेक आइडी र फेक प्रोफाईलबाट बदनाम गर्ने पोस्ट गर्ने विरुद्ध कडा कारबाही गरिनेछ । म फ्यानहरूलाई त्यस्ता पोष्टहरूमा संलग्न नहुन अनुरोध गर्दछु ।’
डिसेम्बर १३ मा, अल्लु अर्जुन हालै रिलिज भएको फिल्म पुष्प २: द रुलको प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको दुखद भागदौडको सम्बन्धमा पक्राउ परेका थिए, जसमा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो र घाइते भएका उनका छोरालाई आइसीयुमा उपचार भइरहेको छ । यस प्रकरणमा अल्लु अर्जुनले जेलमा एक रात बिताएपछि जमानत पाएका थिए ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


