लुयान इलेक्ट्रिक स्कुटरले विन्टर एक्सचेन्ज अफर
काठमाडौँ । नेपालमा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डले यस पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर एक्सचेन्ज अफर घोषणा गरेको छ। यो विशेष अफरले ग्राहकहरूलाई आफ्नो पुरानो पेट्रोल वा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनलाई स्मार्ट, हरित र प्रभावकारी नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा परिवर्तन गर्ने अवसर प्रदान गर्ने जनाईएको छ । यो अफरले इलेक्ट्रिक सवारीसाधनलाई अझ सुलभ बनाउँदै, वातावरणमैत्री यात्रा प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइएको छ।
विन्टर एक्सचेन्ज अफरका मुख्य फाइदाहरू :
१. आकर्षक छुटहरू: एक्सचेन्जमा रु १०,००० सम्मको छुट।
२. निःशुल्क एक्सेसोरीहरू: हेल्मेट, स्कुटर कभर जस्ता निःशुल्क उपहार।
३. सजिलो फाइनान्सिङ योजना: कम डाउनपेमेन्ट र ब्याज दरसहितको ईएमआई सुविधा।
४. इको-फ्रेन्डली अपग्रेड: कार्बन उत्सर्जन घटाउन मद्दत गर्दै इलेक्ट्रिक सवारीसाधनको प्रयोग।
किन रोज्ने लुयान इलेक्ट्रिक स्कुटर ?
लुयान इलेक्ट्रिक स्कुटरहरू आकर्षक डिजाइन, आधुनिक प्रविधि, र भरपर्दो प्रदर्शनका लागि प्रख्यात रहनुका साथै उच्च माइलेज, शक्तिशाली मोटर, दीर्घकालीन ब्याट्रीको साथ लुयान स्कुटरहरू दैनिक यात्रा र लामो यात्राका लागि उत्तम छनोट रहेको कम्पनिले बताएको छ । “विन्टर एक्सचेन्ज अफरले दिगो र आधुनिक यात्रा समाधानलाई ग्राहकहरूसम्म अझ नजिक बनाउने प्रयास गरेको छ । यो इलेक्ट्रिक सवारीसाधनमा परिवर्तन गर्न उपयुक्त समय हो” लुयान नेपालका सेल्स हेड शंकर शर्माले बताएका छन् ।
अफर कसरी पाउने ?
नजिकैको लुयानको आधिकारिक शोरूममा आफ्नो पुरानो दुईपांग्रे सवारीसाधन र आवश्यक कागजातहरू लिएर जानका साथै कम्पनीको टोलीले एक्सचेन्ज प्रक्रिया सजिलो बनाउन र नयाँ लुयान इलेक्ट्रिक स्कुटरमा अपग्रेड गर्न सहयोग गर्ने कम्पनिले जनाईएको छ ।
विन्टर एक्सचेन्ज अफर पुस महिनाको अन्त्यसम्म मात्र उपलब्ध छ !
थप जानकारीको लागि कम्पनीको सम्पर्क नं. ९८५१०४६४०९, ९८४१२४२४३० वा ९८२३०२३५९४ रहेको छ ।
लुयानबारे :
लुयान इलेक्ट्रिक स्कुटरहरूको अग्रणी ब्रान्ड हो, जसले आधुनिक यात्रुहरूको आवश्यकता पूरा गर्न नविन र वातावरणमैत्री यात्रा समाधान प्रदान गर्ने कम्पनिले बताएको छ । गुणस्तर, प्रदर्शन र दिगो यात्रामा प्रतिबद्ध रहेको लुयानले नेपालमा इलेक्ट्रिक सवारीसाधन क्रान्तिलाई विगत ६ बर्ष देखि अगाडि बढाइरहेको जनाईएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


