Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

रौतहटको राजदेवी नगरपालिका आगलागीबाट ७ घर नष्ट,लाखौंको क्षति

सञ्जय मिश्रा
सञ्जय मिश्रा
२०८१, पुष, १५
रौतहटको राजदेवी नगरपालिका आगलागीबाट ७ घर नष्ट,लाखौंको क्षति

रौतहट । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ। आगलागी बाट आधा दर्जन बढी घर जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षती भएको छ।

गएराति सवा २ बजेको समयमा  राजदेबि नपा ५ पताही बस्ने जगतनाथ पासवानको खरले बारेको फुसले छाएको घरमा नजिकै बालेको  घुरबाट  सल्किएर आगलागी भएको थियो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवानको घर र,  ३ वटा बाख्रा  , राम सोगारथ पासवान , दिपेन्द्र पासवान ,. बिजय पासवान ,कान्ति देबि पासवान , प्रदिप पासवान, लगायत ७जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागी बाट सातजनाको घर जलेर ८ लाख भन्दा बढीको क्षती भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

आगलागि भएको खवर पाउना साथ बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली,गौर नगरपलिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पुर्ण रुपमा नियिन्त्रणमा आएको अन्य मनबिय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स