भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन्
काठमाडौं । भर्खरै कोल्हापुर, महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ ।
अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए। यो घोडा मारवाडी नस्लको हो र करिब २८ लाख नेपाली रुपैयाँ बराबरमा खरिद गरिएको हो । भास्करलाई घोडा पाल्ने मन छ, त्यसैले उनले यो घोडा किनेका हुन् । यो घोडा कोल्हापुर सहरको एक मात्र घोडा हो र जिल्लामा औंलामा गन्न लायकका यी जातका घोडा छन् ।
हाल यो घोडा चार वर्षको भइसकेको छ । यसको मेडिकल चेकअपका लागि पुणेबाट टोलीहरू आउँछन्। भास्करका अनुसार यो घोडाको औसत मासिक खर्च ४० हजार भारतीय रुपैयाँ रहेको छ ।
गब्बरको आहार
गब्बरको डाइट पनि विशेष छ । उनलाई हरेक दिन दस लिटर ताजा दूध, चना, उमालेको साबु र कुटी दिइन्छ। खानामा मात्रै मासिक औसत ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । केही दिनअघि गब्बरलाई बेच्न ५८ लाख ९नेपाली रुपैयाँ ९२ लाख ८ हजार० को अफर आएको थियो । तर, भास्करले त्यसलाई अस्वीकार गरेका छन् । यसबारे घोडाका मालिक सुनिल चौगुलेले जानकारी दिएका छन ।
९८ लाखको अफर
केही दिनअघि अमोल भास्करलाई यो घोडाका लागि पुणेबाट ५८ लाख ९नेपाली ९८ लाख ० रुपैयाँको अफर आएको थियो । तर, भास्करले यो प्रस्ताव अस्वीकार गरेका थिए । यो घोडा भास्करलाई धेरै प्यारो छ, त्यसैले उनले पैसालाई महत्व दिएनन्। यो घोडाको खानामा मात्रै मासिक ४० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ तर पनि उनको लागि यो घोडा निकै विशेष छ ।
प्रदर्शनीमा गब्बरको छुट्टै चर्चा
यस प्रदर्शनीमा विभिन्न किसिमका जनावर र घोडा राखिएको थियो तर कोल्हापुरको गब्बर नामको घोडाको चर्चा फरक थियो । उनको आकर्षक रुपका कारण गब्बरलाई हेर्न कोल्हापुर, सांगली, सतारा, बैंगलोर, कर्नाटक लगायतका ठाउँका किसानहरु ठूलो संख्यामा आएका थिए ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


