Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट

काठमाडौं। लस भेगासस्थित ट्रम्प होटल अगाडी एलन मस्कको टेस्ला साइबर ट्रकमा बिष्फोट भएको छ ।

अधिकारीहरूका अनुसार टेस्ला साइबर ट्रकमा चालकद्वारा नियन्त्रित विष्फोट प्रणालीसँग जोडिएको आशंका गरेका छन । स्थानिय समय अनुसार बुधबार बिहान लस भेगासको ट्रम्प होटल बाहिर विस्फोट भएको हो ।

एफबीआईले घटना आतंकवादी कार्य हो वा होइन भनेर निर्धारण गर्न काम गरिरहेको छ  । एफबीआईको लस भेगास कार्यालयका लागि कार्यवाहक विशेष एजेन्ट जेरेमी श्वार्ट्जले प्रतिक्रिया दिएका छन । ‘यो एक पृथक घटना थियो र जनता को लागी कुनै खतरा छैन,’ उनले भने ।

स्थानिय समय अनुसार होटलमा बिहान ८ः४० बजेपछि गाडीमा आगलागी भएको खबर आएको थियो र टोलीले २०२४ साइबर ट्रकलाई आगोमा निभाएको अवस्था भेट्टाएको लस भेगासका शेरिफ केभिन म्याकमहिलले भने ।

naima expoTop Changing Nepal

युट्युब सट्स