Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

चन्द्रनिगाहपुरमा वन विनाशको असर देखीदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ३
चन्द्रनिगाहपुरमा वन विनाशको असर देखीदै

रोशन पोखरेल

रौतहटका वनहरू सखाप भइरहदा त्यसको असर देखा पर्न थालेको छ। रौतहट स्थित चन्द्रनिगाहपुरमा रहेका अधिकांश धाराहरूबाट पानी आउन छाडेको छ, जुन अहिले सम्मको प्रथम पटक हो। हाल पानी आउने धाराहरूबाट समेत निम्न मात्रामा पानी आउने गर्छ। चन्द्रनिगाहपुरका विवेक घिमीरे बताउँछन, जङ्गलका सालका बडेमान रूख मात्र नभई स-साना पालुवाहरूलाई समेत बन कर्मचारीको सहयोगमा सखाप पारिदै छ जसको असर हामीले भोगीरहेका छौ।
हरियो वन नेपालको धन भन्दा भन्दै पूरा वन सखाप हुन थाली सक्यो तर नयाँ पालुवा रोप्ने कुरामा कसैको ध्यान गएको देखीदैन। न त वन कर्मचारी संरछणमा लागेको पाइन्छ न त स्थानीय बासीमा वन जङ्गल हामी सबैको साझा हो, यसको रछा गर्न पर्छ भन्ने सोच पलाएको देखीदैन। यस विषयमा सबैको ध्यान जानु अति आवश्यक रहन्छ। आज हेर विचार छ त भोली हाम्रो सन्ततीको भविष्य उज्वल छ भन्ने कुरा मनन गरि अघि बढनु आवश्यक रहन्छ।
naima expoTop Changing Nepal

युट्युब सट्स